अमेरिकाले दक्षिण चीन सागरमा समुद्री जहाज तैनाथ गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाले दक्षिण चीन सागरमा समुद्री जहाज तैनाथ गर्ने

us navy

एजेन्सी , ९ चैत । तेल र प्राकृतिक ग्याँसको भण्डार मानिने दक्षिण चीन सागरको ठूलो हिस्सामाथि चीनले दाबी गर्दै आएको छ । त्यहाँ संचालित चीनको गतिबिधिलाई जवाफ दिन अमेरिकाले आफ्नो समुद्री जहाज तैनाथ गरेर चुनौती दिने बताएको छ ।

दक्षिण– चीन सागरमा अमेरिकाको नजर पुगेको छ । चीनको गतिबिधि नियन्त्रण गर्न अमेरिकाले दक्षिण चीन सागरमा आफनो समुद्री जहाजहरु तैनाथ गर्ने कुरा अष्ट्रेलियन रक्षा मन्त्रालयले जनाएको छ । रक्षमन्त्री मोरिस पायनेका अनुसार १ हजार ५ सय ८७ समुद्री पोतले ६ महिनाका लागि ट्रेनिङ गर्नेछन । जुन कार्यक्रमको नाम फोर्स पोस्चर इनिसियटिभ राखिएको छ ।

चीनले– दक्षिण चीनसागरको एउटा ठूलो हिस्सामाथि आफनो दाबी गर्र्दै आएको छ । अन्तराष्ट्रिय ब्यापारको लागि महत्वपूर्ण बाटो रहेको ठाउँमा तेल र प्राकृतिक ग्याँसको ठूलो भण्डार रहेको छ । चीनलाइ जवाफ दिन अमेरिकाले अष्ट्रेलिया,इण्डोनेसिया,जापान,फिलिपिन्स,सिंगापुर र थाइल्याण्डलाई प्रशिक्षण प्रदान गर्ने तयारी गरेको छ । दक्षिण चीन सागरमा चीनले आर्टीफिसियल द्धीप,बन्दरगाहा र एयरपोर्ट निर्माण गरिरहेको बताइएको छ ।

अष्ट्रलिया अमेरिकाको सहयोगी देश हो । जसले चीन सागरमा आफनो दाबी गरेको छैन । अष्ट्रेलियाले चीनसंग आफनो आर्थिक सम्बन्ध राम्रो बनाउनका लागि तटस्थ भूमिका निर्वाह गर्दै आएको छ । तर जव अष्ट्रेलियन प्रधानमन्त्री मेल्कम टर्नबुलले चीनले क्यानबेरा मामिलामा गलत तरिकाबाट हस्तक्षेप गरिरहेको कुरो आएपछि अष्ट्रेलिया र चीनबीचको द्धीपक्षीय सम्बन्धमा कटुता उत्पन्न भएको छ ।

यसबाट चीन र अष्ट्रलियाबीचको सम्बन्ध बिग्रदै गएको छ भने चीनमा अष्ट्रेलियाको बिरोध हुन थालेको छ । यता समुद्री जहाजमा अमेकिाले शैन्य उपकरण,हेलिकप्टर एफ १८ जेट बिमान पनि तैनाथ गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । यस कारण पनि चीन र अष्ट्रलियाबीचको सम्बन्धमा ठूलो असर पर्ने कुरा अष्ट्रेलियन थिंक ट्याङका निर्देशक इमानुअल ग्राहमले खुलस्त गरेका छन् ।

चीनले हालै रुसबाट प्राप्त एसयू ३५ लडाकु बिमानलाइ दक्षिण चीन सागरमा तैनाथ गरेपछि अमेरिकी हवाइ र नौ सैनिक गस्तीलाई ठूलो चुनौतीको रुपमा लिन थालिएको छ । दक्षिणी चीन सागरमा चीन र अमेरिकाले गर्दै आएको युद्धक अभ्यासले तनाव उत्पन्न भइ अवांक्षित गतिबिधि प्रोत्साहित हुने भन्दै आसियानमा आवद्ध राष्ट्रका बिशेषज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);