इयुले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इयुले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने

Eu firta

एजेन्सी , ९ चैत । बेलायतमा स्नायु प्रणालीमा असर पु¥याउने गरी भएको एउटा आक्रमणपछि युरोपेली संघले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने भएको छ । ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि बेलायतप्रति ऐक्यबद्धता जनाउन रुसबाट राजदूत फिर्ता गर्ने दुर्लभ कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।

बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएको थियो । सर्गेइ र उहाँकी छोरी दुवैको अवस्था गम्भीर छ । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टस्कले सोल्ज्बरीमा भएको आक्रमणको अन्य कुनै चित्तबुझ्दो कारण नभएको बताएका छन् ।

उक्त घटनापछि बेलायतले रुसका २३ जना कूटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय गरेको थियो । अन्य युरोपेली देशहरूले पनि बेलायतको अनुसरण गरेर रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने सम्भावना रहेको बताइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);