युएस बंगला बिमान चालककी पत्नीको हृदयाघातबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

युएस बंगला बिमान चालककी पत्नीको हृदयाघातबाट मृत्यु

Afsana Khanom

एजेन्सी , ९ चैत । बंगलादेशको ढाकाबाट काठमाडौँ आउने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला बिमान चालककी पत्नीको हृदयाघातबाट मृत्यु भएको छ ।  विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानको बंगलादेशको राजधानी ढाकाको नेसनल इन्ष्टिच्यूट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

अफ्सानाको मृत्यु हृदयघातका कारण भएको चिकित्सकहरुलाई उदृत गर्दै बंगलादेशको स्थानीय अखबार द डेली स्टारले जनाएको छ । विमान दुर्घटना भएको ६ दिनपछि गत आइतबार अफ्सनालाई हृदयाघात भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);