युएस बंगला दुर्घटना : १३ नेपाली सहित ४० यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युएस बंगला दुर्घटना : १३ नेपाली सहित ४० यात्रुको मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा यात्रुको उद्धार भइरहेको छ ।

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ  । उद्धार गरिएका यात्रुहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ४० जनाको मृत्यु भएको पुस्टी गरिएको छ ।  दुर्घटना स्थलमा ३१ जनाको शब संकलन गरिएको छ । केएमसी अस्पतालमा ८ जना र त्रीबी शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुस्टि गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् ।

साथै घटना बारे सरकारले छानबिन आयोग गठन गर्ने प्रधानमन्त्री ओली ले बताएका छन् । सरकारले घाइतेहरु सबैको उपचार गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);