युएस बंगलाको विमानमा भएको आगलागी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युएस बंगलाको विमानमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको  विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

विमान अवतरण गर्ने क्रममा भएकाे आगलागी नियन्त्रमा आएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको र उद्धार कार्य जारी रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ । विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);