सिरहामा हुलाकी सडकको काम सुरु भएपछि जिल्लाबासी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सिरहामा हुलाकी सडकको काम सुरु भएपछि जिल्लाबासी उत्साहित

सिरहा, २८ फागुन । बहुप्रतिक्षित हुलाकी सडक मार्गअन्तर्गत सिरहा खण्डमा काम सुरु भएपछि जिल्लाबासी उत्साहित देखिएका छन् । तराई मधेसको ‘स्पाइनल कोड’ को रुपमा रहेको हुलागी मार्ग अन्तर्गत सिरहा खण्डको काम माघ २४ गतेदेखि भइरहेको छ ।

सदरमुकाम पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता झेलिरहेका जिल्लाका विकट क्षेत्रका बासीन्दा बढी उत्साहित देखिन्छन् । १ अर्ब २० करोड २० लाखमा निर्माण थालिएको यस सडकको ठेक्का स्वच्छन्द रोशन महादेव खिम्ती जेपी जनकपुरले पाएको छ । पूर्वको बलान नदिदेखि पश्चिमको कमला नदिसम्मको २९ दशमलव ८८ किलोमीटर हुलाकी सडक निर्माण कार्य अगामी ३ वर्ष भित्रमा पूरा गर्ने ठेकेदार कम्पनीले सम्झौता गरेको छ ।

११ मीटर चौडाई रह्ने उक्त सडकको ६ मीटर कालोपत्रे र २÷२ मीटर दुवैतिर सडक पेटी रहने सिरहा खण्डका प्रोजेक्ट म्यानेजर इन्जिनियर चन्द्र नारायण यादवले जानकारी दिए ।  माघ २४ देखि सुरु भएको निर्माण अन्र्तगत अहिले तीन ठाउँबाट माटो पुड्ने काम भईरहेको छ । सिरहाको ररियाहा, गणेशपुर, जानकीनगरमा सडकको दुवैतर्फ माटो पुर्ने काम भईरहेको इन्जिनियर यादवले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);