युएस बंगला दुर्घटना : ३० जना भन्दा बढीको मृत्यु भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

युएस बंगला दुर्घटना : ३० जना भन्दा बढीको मृत्यु भएको आशंका

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ ।

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ । घाइतेहरुको उद्दारको क्रम जारी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको छ । दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);