अमेरिकाले दक्षिण चीन सागर नजिकै युद्धपोत पठाएसँगै एशिया प्रशान्त क्षेत्र तरंगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अमेरिकाले दक्षिण चीन सागर नजिकै युद्धपोत पठाएसँगै एशिया प्रशान्त क्षेत्र तरंगित

१२ जेठ, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच जारी तनावले नयाँ मोड लिने देखिएको छ । पछिल्लो समय उत्तर विरुद्ध आक्रामक देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण चीन सागर नजिकै आफ्नो युद्वपोत पठाएसँगै एशिया प्रशान्त क्षेत्र नै तरंगित बन्न पुगेको छ ।

अमेरिकाले दक्षिण चीन सागर नजिकै युद्धपोत पठाएसँगै एशिया प्रशान्त क्षेत्र तरंगित

१२ जेठ, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच जारी तनावले नयाँ मोड लिने देखिएको छ । पछिल्लो समय उत्तर विरुद्ध आक्रामक देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण चीन सागर नजिकै आफ्नो युद्वपोत पठाएसँगै एशिया प्रशान्त क्षेत्र नै तरंगित बन्न पुगेको छ । चीन सागरको आधिकारीकता विवाद चुलिदै जाँदा अमेरिका र चीनले समेत आन्तरिक रणनीति बनाइरहेका छन् । अमेरीकाको राष्ट्रपती डोनाल्ड ट्रम्पले सत्ता सम्हाले सँगै अमेरिकीले दक्षिण चीन सागरमा चीनको दावि झुट भएको पहिलो पटक सावित गर्न खोजेको छ ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार यूएसएस युद्धपोत चीनको कृत्रिम द्विपबाट १२ मिल परसम्म पुगेको थियो । यस विषयमा अमेरिकी युद्धपोत चिनको जलक्षेत्रको अनुमति बिना आएकोले चिनीयाँ नौसेनाले तत्काल त्यसलाई त्यहाँबाट जाने चेतावनी दिएको थियो । तर यता अमेरिकाले भने कुनै पनि अन्तर्रा्ष्ट्रिय जल क्षेत्रमा आफ्नो अभियान जारी राख्न सक्ने अडान लिएको छ । “क्षेत्रिय विवाद भएका क्षेत्रमा कसैको पक्ष लिदैन तर आफुले ति क्षेत्रहरुमा सैन्य लडाकु जहाज पठाउन सक्छ ” ।

चीनले पुरै दक्षिण चीन सागरमा आफ्नो दावि गर्छ भने अरु देशहरु पनि उक्त क्षेत्रमा आफ्नो दावि गर्दै आएका छन् जसले गर्दा चीन तथा अन्य देशहरु बिचको सम्बन्ध त्यत्ती सुमधुर हुन सकेको छैन । अमेरिकाको यस्तो प्रकारको कदमले सुरक्षा हितको नोक्सान गर्ने र यसले हवाई तथा समुद्री घटनाहरु बढ्ने पनी आंकलन गर्न सकिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);