भारत पाकिस्तान तनावबारे अमेरिकामा चिन्ता, भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने सीआइएको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारत पाकिस्तान तनावबारे अमेरिकामा चिन्ता, भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने सीआइएको चेतावनी

१२ जेठ, काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

भारत पाकिस्तान तनावबारे अमेरिकामा चिन्ता

१२ जेठ, काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । अमेरिकी कंग्रेसमा सीआइए प्रमुख माइक पम्पिओले परमाणु शक्तिसम्पन्न दुई देशबीच सीमा क्षेत्रमा भइरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिनुभएको हो ।

अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सीआइए प्रमुख पम्पिओले भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराउनुभएको हो ।

उहाँले गत वर्ष भारतमा गरिएको दुई अतिवादी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध झन् बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । भारतमा फेरि आतंकवादी आक्रमण भए अवस्था जटिल बन्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको अतिवादी आक्रमणको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ ।

सीमा क्षेत्रमा भइरहेको आक्रमण कम हुनुका साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा यही वर्ष दुई देशबीच वार्ता हुन सक्ने आशा पनि गरिएको छ । केही समययता भारत र पाकिस्तान दुबैले एकार्कामाथि सीमा क्षेत्रमा युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);