भारतले पाकिस्तानमाथि आक्रमण गरे त्यसको जवाफ दिने पाकिस्तानको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

भारतले पाकिस्तानमाथि आक्रमण गरे त्यसको जवाफ दिने पाकिस्तानको चेतावनी

एजेन्सी, ७ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषयलाई लिएर भारतले आक्रमण गरे त्यसको नसोची जबाफ फर्काउन बताएका छन् ।

भारतको जम्मु कश्मीरमा भएको आक्रमण पछि पहिलो पल्ट बोलेका पाकिस्तानका प्रधानमन्त्री खानने यस घटनालाई लिएर आक्रमणको समेत धम्की आईरहेको भन्दै त्यसको जबाफ फर्काउने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री खानले अहिले पाकिस्तान राजनीति स्थायीत्वतर्फ अघि वढीरहेका बेला यस्तो घट्ना नरुचाएको बताएका छन् । भारत प्रशासित कश्मीरमा गतहप्ता भएको आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणको दोष पाकिस्तान स्थित आतंककारी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);