साउदी अरवका राजकुमार पाकिस्तानपछि भारत भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउदी अरवका राजकुमार पाकिस्तानपछि भारत भ्रमणमा

salman-modi

काठमाडौं, ८ फागुन । साउदी अरवका राजकुमार मोहम्मद बिन सलमान पाकिस्तानपछि भारतको भ्रमणमा निस्किएका छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाब चुलिएको समयमा उनको दुवै मुलुकमा भएको भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

भारतीय सुरक्षा फौजलाई लक्षित गरी काश्मिरमा भएको आक्रमणपछि भारत र पाकिस्तानका बिचमा तनाव बढिरहेको समयमा साउदी अरवका राजकुमार मोहम्मद बिन सलमानले दुवै देशको भ्रमण गरेका छन् । केहि समय पहिले पाकिस्तानको भ्रमण सकेका साउदी राजकुमार सलमान हाल भारतमा रहेका छन् । राजकुमार सलमान दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका हुन् । एसिया भ्रमणमा निस्केका राजकुमार सलमान पाकिस्तानलाई २० अर्ब डलर सहयोगको घोषणापछि भारत पुगेका हुन् । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाब चुलिएको समयमा भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पाकिस्तानबाट भारत आइपुग्नु अघि रियादले राजकुमार सलमानले दुई मुलुकबीचको तनाव साम्य पार्न प्रयास गर्ने जनाएको थियो । साउदी विदेशमन्त्री अदेल अल जुबेरले साउदी अरबको लक्ष्य भारत पाकिस्तानबीच रहेको तनाव साम्य पार्ने प्रयास गर्नु र शान्तिपूर्ण ढङ्गबाट विवाद समाधान गर्न सकिने मार्ग पहिल्याउने प्रयास रहेको बताए । गत हप्ता भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना भारतीय सुरक्षाकर्मी मारिएको घटनामा भारतले पाकिस्तान माथि दोष लगाएको छ ।

पाकिस्तानले भने आरोप अस्वीकार गरेको छ । सन् १९४७ मा विभाजन भएदेखि नै भारत र पाकिस्तानबीच कश्मीरबारे विवाद जारी छ । दुवैले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन् । चरमपन्थी आक्रमणमा परी भारतीय सेनाका ४६ जवानको मृत्यु भएपछि भारत पाकिस्तान सम्बन्धले नयाँ मोड लिएको छ । भारतले पाकिस्तानबाट आयात हुने सामानको भन्सार दर बढाएर दुई सय प्रतिशत पुर्याएको छ । भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामवाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले लगाएको आरोप निराधार रहेको भन्दै विरोध पत्र बुझाएको छ ।

घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट समेत हटाएको थियो । भारतमा सुरक्षाकर्मी मारिएपछि त्यहाँको सरकारमात्र होइन जनस्तरसम्मै पाकिस्तानविरोधी प्रतिशोधको बादल मडारिएको छ । भारतमा राष्ट्रिय स्तरमै आक्रोश छाएकाले प्रधानमन्त्री नरेन्द्र मोदी तत्कालै पाकिस्तानमाथि कारबाही गर्नुपर्ने ठूलो दबाबमा रहेको विश्लेषण गरिएको छ । भारतले आफ्नो ठूलो संख्यामा सुरक्षाकर्मीहरु सीमावर्ती क्षेत्रमा तैनाथ गरेको छ भने पाकिस्तानले पनि आफ्नो सैन्यलाई सर्तक अवस्थामा राखेको छ ।

आणविक हतियार सम्पन्न दुवै देशले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको समयमा दुवै मुलुकको भ्रमणमा रहेका साउदी राजकुमारले दुवै देशको दुरीकम गर्नका लागि कस्तो पहल थाल्नेछन् निकै चासोका साथ हेरिएको छ । साउदी राजकुमार सलमानले भारत पाकिस्तान विचमा रहेको दुरी कम गर्न सके टर्किमा हत्या गरिएका भनिएका पत्रकार जमाल खासोग्गी घटनापछि गिरेको आफ्नो अन्तराष्ट्रिय छविमा समेत सुधार आउने विश्लेषणका साथ उनले दुवै देशको भ्रमण गरेको हुन सक्ने आकलन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);