भारतद्वारा पाकिस्तानी भूमिमा आक्रमण, नयाँ युद्ध सुरु हुनसक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौं, १५ फागुन । भारतीय वायु सेनाको लडाकू विमानले ‘लाइन अफ कन्ट्रोल (एलओसी)’ पार गर्दै पाकिस्तानको बालाकोटमा बम आक्रमण गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भूूमिमा भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिइरहेको बेला भएको पछिल्लो घटनाले दुई देशबीच नयाँ युद्ध सुरु हुनसक्ने संकेत गरेको छ ।

सोमवार राती भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानी भूमिमा वम आक्रमण गरेपछि भारत र पाकिस्तानका विचमा नयाँ युद्ध हुनसक्ने संकेत देखिएको छ । कश्मीरको पुलवामामा गत फेब्रुअरी १४ मा विद्रोही समूह जैस–ए–मोहम्मदको आत्मघाती आक्रमणमा ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि भारतले पाकिस्तानलाई उचित जवाफ दिने बताउदै आएको थियो । सोहि छटनाको वदलामा भारतले पाकिस्तानको भूभागमा हमला गरेपछि दुई देशबीच तनावपूर्ण सम्बन्ध थप चर्केको छ । लामो समयदेखि विवादमा रहेको कश्मीरमा दुबै मुलुकले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

कश्मीरको एक भाग जम्मु र कश्मीर राज्य अन्तर्गत भारतको प्रशासनमा छ भने आजाद कश्मीर र गिल्गिट बाल्टिस्तान प्रान्त पाकिस्तानको प्रशासनमा छ । त्यसबाहेक अक्साई चीनको सानो भूभाग चीनको प्रशासनमा रहँदै आएको छ । कश्मीरको दुई मुलुकबीच र्साभौमिकताको विवादमा रहेको सियाचिन हिमनदी क्षेत्रलाई दुबै मुलुकले आ–आफ्नो भनी दाबी गर्दै आएका छन् । पछिल्लो केही समय भारत प्रशासित कश्मीरमा पाकिस्तानबाट सञ्चालित इस्लामिक अतिवादीले त्यहाँ सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आतंकवादी आक्रमण गर्दै आएका छन् । पुलावामामा भारतीय अर्धसैनिकलाई निशाना बनाएर पाकिस्तानमा सक्रिय रहेको जैश–ए–मोहम्मदले गरेको पछिल्लो आक्रमणलाई पनि यसैको श्रृङ्खलाको रुपमा लिइएको छ । कश्मिरको भू–भागलाई लिएर दशकौँदेखि आमनेसामने भारत र पाकिस्तानको शत्रुतापूर्ण इतिहास पुरानो छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै दुई देशबीच कश्मिर मुद्दाका कारण ३ पटक युद्ध भइसकेको छ । भारत र पाकिस्तान आणविक हतियारबाट सुसज्जित रहेका छन् ।

दुई देशबीचको सैन्य तागतबारे जनचासो बढेको छ । दुई मुलुकबीच क्षेप्यास्त्र र आणविक हतियारमा पनि प्रतिस्पर्धा छ । भारतले कुनै क्षेप्यास्त्र प्रक्षेपण गर्ने बित्तिकै पाकिस्तानले पनि प्रक्षेपण गर्ने गरेको इतिहास छ । दुवै मुलुकसँग आणविक हतियार बोक्न सक्ने‘ब्यालेष्टिक क्षेप्यास्त्र’ छन । भारतसँग अग्नि–३ सहित ३ हजारदेखि ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने ९ प्रकारका क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस)ले जनाएको छ । त्यस्तै पाकिस्तानसंग पाकिस्तानसँग रहेको शाहिन–२ क्षेप्यास्त्रले सबैभन्दा लामो दुरी अर्थात २ हजार किलोमिटरसम्म मार हान्न सक्छ । त्यस्तै विष्फोटक पदार्थ बोक्ने वारहेड पाकिस्तानसँग कम्तीमा १ सय ४० वटा र भारतसँग १ सय ३० वटा छन । इतिहासलाई फर्केर हेर्दा सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक भारत र पाकिस्तानबीच युद्ध भएका छन् ।

दुई मूलुकविचमा फेरी अर्को युद्ध भए यो पाचौ हुनेछ । भारतले पाकिस्तानको सीमाभित्र पसेर गरेको हवाई आक्रमण कति व्यवहारिक छ ? हवाई आक्रमणपछि कति आतंकवादी मारिए ? आक्रमणले भारतविरुद्ध हुन लागेको भनिएका कति आक्रमण विफल भए भन्ने बारेको आधिकारिकता पुष्टि हुन सकेको छैन । तर, पाकिस्तानको भूमिमै प्रवेश गरी गरिएको भारतीय हवाई आक्रमणले रणनीतिक सन्देश दिएको छ । यो हवाई आक्रमणपछि भारत र पाकिस्तानबीच अर्को ठूलोस्तरको युद्ध हुनसक्ने संभावना रहेको टिप्पणी भइरहेका छन् । यसबीचमा प्रश्न उब्जिएको छ– के भारत र पाकिस्तानबीच यसअघि भएजस्ता ठूलो स्तरमा युद्ध होला त ? युद्ध दुबै मुलुकको अहितमा छ भन्नेमा उनीहरु जानकार रहेको विश्लेषण गरिए पनि भारतीय हमलाको उचित जवाफको पर्खाइमा पाकिस्तान रहेको विश्लेषकहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);