पाकिस्तानले भारतीय पाइलटलाई छाडेसँगै दुई देशको युद्ध मत्थर हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाकिस्तानले भारतीय पाइलटलाई छाडेसँगै दुई देशको युद्ध मत्थर हुँदै

एजेन्सी, १८ फागुन । भारतीय सेनाका ४६ जनाको ज्यान जानेगरी जैश–ए–मोहम्मदले आक्रमण गरेपछि भारत र पाकिस्तान बीचमाद्वन्द्व बढेको समयमा त्यसबाट मिडिया पनि अछुतो रहन सकेन ।

भारतीय सेनाले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि सुरु भएको दुवै देशका मिडियाको प्रचारवाजी हालसम्म पनि जारी रहेको छ । भारतीय मिडियाले भनेजस्तो भारतीय आक्रमणवाट आक्रमणमा कुनै मानविय क्षति नभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय वासुसेनाका पाइलटको रिहाईपछि हालका लागि दुईदेशबीचमा युद्धको संकट टरेको भएपनि दुवैदेशका मिडियाको प्रचारवाजी भने हालसम्म पनि जारी नै रहेको छ ।

भारतीय सेनाका जवानलाई लक्षित गरी जैश ए मोहम्मदले गरेको आक्रमण पछि भारतीय वायु सेनाको लडाकू विमानले ‘लाइन अफ कन्ट्रोल (एलओसी)’ पार गर्दै पाकिस्तानको बालाकोटमा बम आक्रमण गरेको थियो ।

बम आक्रमणमा भारतले जैस ए मोहम्मदका ३ सय भन्दा बढि लडाकु मारिएको दावी गरेको थियो । उता पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो । तर भारतले दावी गरेको तथा भारतीय मिडियाले प्रचार गरेजस्तो त्यहाँ नत कुनै लडाकु मारिएका थिए नत जैस ए मोहम्मदको शिविरमानै असर पुगेको थियो ।

वरु वम आक्रमण पाकिस्तानको वालाकोट क्षेत्रको जंजलमा गरिएको तथा आक्रमणवाट रुखहरुमात्र ढलेका थिए । तर भारतीय मिडियाहरुले भने भारतीय मिडियाले एक प्रकारको प्रचारबाजी गरि नै रहयो ।

त्यसैअनुरुप पाकिस्तानमा भारतीय वायु सेनाले गरेको आक्रमणका अनेक न्यारेटिभ बनाए भारतीय मिडियाले । त्यसो त भारतीय वायु सेनाका एयर भाइस मार्सल आर.जी.के. कपूरले समेत नयाँ दिल्लीमा भएको एक पत्रकार सम्मलेनमा आफुहरुलाई जे लक्ष्य दिइएको थियो, त्यो सफल पारेको जनाएका थिए ।

जसलाई उनले एक सफल मिसन भएको बताएका थिए । भारतीय वायु सेनाले बहादुरी देखाएर पाकिस्तानी सीमामा घुसे पनि आतंकवादी समूहमाथि कुनै आक्रमण नभएको र प्रचारबाजी मात्रै भएको स्थलगत रिपोर्टिङमा गएका पत्रकारहरुले जनाएका छन् ।

उनीहरुका अनुसार बालाकोटको जाबा पहाडमा चारवटा बम चाहिँ खसेका थिए । तर ती बमबाट कुनै पनि मानवीय क्षति भने पुगेको छैन । समाचार संस्था अल जजीराका अनुसार पहाडी इलाकामा भएको जैश–ए–मोहम्मदको शिविर जस्ताको त्यस्तै रहेको छ । उनीहरुको शिविरभन्दा निकै टाढा बम खसालिएको पनि अल जजीराले बताएको छ ।

अष्ट्रेलियाको इन्टरनेशलन साइबर पोलिसी सेन्टरले पनि प्लानेट ल्याब इंकबाट फेब्रुअरी २७ मा प्राप्त तस्बिरको अध्ययन गरेको छ । उसको अध्ययनअनुसार पनि भारतले खसालेको बमबाट मानवीय क्षति भएको छैन ।

सेन्टरले बम खसालिएको पुष्टि गरे पनि ३ सय जना मारिएको खबर झुटो रहेको दाबी गरेको छ । त्यस्तै सुरक्षा मामिलाको अमेरिकी थिङ्क ट्याङ्क एटलान्टिक काउन्सिलको डिजिटल फोरेन्सिक रिसर्च ल्याब (डीएफआर ल्याब) ले पनि स्याटेलाइट तस्बिर मार्फत बम कहाँ खस्यो भन्ने कुराको अध्ययन गरेको छ ।

डीएफआर ल्याबका अनुसार घटनास्थलको अवलोकन गर्दा भारतीय वायु सेनाले इजरायलमा निर्मित स्पाइस–२०० प्रिसिजन बम खसालेको थियो । यो बम खसाल्नुअघि यसमा अक्षांश र देशान्तरको सटिक जानकारी सेट गरिन्छ ।

यसले जीपीएस प्रणालीमा पनि काम गर्छ । यो बमलाई छोडेपछि यसको प्रणालीमा सेट गरिएको अक्षांश र रेखांशमै खस्छ । डीएफआर ल्याबले त जैश–ए–मोहम्मदको अड्डाभन्दा धेरै पर बम किन खसालियो भनेर आश्चर्य प्रकट गरेको छ ।

उसले यो घटना निकै रहस्यमय पनि भएको जनाएको छ । भारत र पाकिस्तानबीचको तनावको छायाँ दुवै देशका सञ्चारमाध्यममा पर्ने गर्छ । खासगरि ती देशका टेलिभिजन च्यानलहरूमा देशभक्तिको लहर चलेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);