अमेरिकी र चिनियाँ युद्धपोत दक्षिण चीन सागरमा आमने सामने | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

अमेरिकी र चिनियाँ युद्धपोत दक्षिण चीन सागरमा आमने सामने

एजेन्सी, १८ असोज । दक्षिण चीन सागरमा अमेरिका र चीनको युद्धपोत एक अर्का नजिक आएपछि चीनले आपत्ति सहित बिरोध जनाएको छ । जब कि अमेरिकाले युएन कन्वेनशन अनुसार उसको युद्धपोत को तैनाथी गरेको खुलासा गरेको छ ।

अमेरिकी युद्धपोत चीन सागरमा तैनाथ गरिएको विषयलाई लिएर चीनले झमेला खडा गर्न नहुने अमेरिकी अधिकारीहरुले तर्क गरेका छन् । मंगलबार देखि चीन र अमेरिकाबीच बिबाद चर्किएपछि चीनले अमेरिकी युद्धपोतले चीनको सम्प्रभुता उल्लंघन गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघीय कन्वेशष अनुसार कुनै देशको समुद्र सीमा क्षेत्रमा अर्को देशको जहाज आवश्यक शर्त पूरा गरी प्रवेश गर्न सक्छ । तर, यसमा अशान्ति फैलाउने र कसैको संप्रभुतालाई उल्लंघन गर्न सकिन्न ।

भिडियाे हेर्नुस्:

सन् २०१५ मा चीनका ५ वटा युद्धपोत अमेरिकी जल क्षेत्रमा यसैगरी प्रवेश गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । केही देशले समुद्री मार्ग मार्फत अन्तर्राष्ट्रिय तस्करी रोक्न पनि समद्रमा गस्ती गर्ने गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

सामाजिक महत्वको बिवादास्पद दक्षिण चीन सागरमा अमेरिका र चीनबीच बेला बखत यस्तो विवाद हुँदै आएतापनि ठूलो लडाई हुने अवस्था छैन । दक्षिण चीन सागरमा चीनले आफ्नो स्वामित्व ठानेर गस्ती तीब्र पारेको छ । अमेरिकाले पनि अन्तर्राष्ट्रिय कानुन अनुसार चीन सागरमा आफनो जोडदार उपस्थिति देखाउन पछि परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);