अमेरिका र चीनबीच बसेको संयुक्त बैठक प्रारम्भ मै कटुतापुर्ण | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

अमेरिका र चीनबीच बसेको संयुक्त बैठक प्रारम्भ मै कटुतापुर्ण

एजेन्सी, ६ चैत । संयुक्त राज्य अमेरिका र चीनबिच अलास्कामा बसेको संयुक्त बैठक प्रारम्भ मै कटुतापुर्ण देखिएको छ । बैठकमा दुबै पक्ष एकअर्का बिचको आरोप प्रत्यारोपमा उत्रिएसँगै बैठकको अवस्था बिग्रेको हो । जो बाईडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएयता दुबै देशबिच पहिलो पटक उच्चस्तरिय वार्ता भएको हो ।

अमेरिका र चीनबिचको जारी उच्चस्तरिय वार्तामा अमेरिकाले तिब्बत, हङकङ र चीनको पश्चिमी राज्य शिनझियांग क्षेत्रमा व्यापार र मानवाधिकारका बिषयलाई छलफलको बिषय बनाएको छ । यसैगरि अमेरिकाले, ताइवान र दक्षिण चीन सागरमा चीनले बढाउँदै गएको आधिपत्यलाई लिएर समेत आपत्ती जनाएको हो ।

उच्चस्तरिय वार्तामा अमेरिकाको प्रतिनीधत्व त्यहाँका बिदेश मन्त्री एन्थोनी ब्लिंकन र चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामला प्रमुख यांग जियेचीले नेतृत्व गरेका छन् ।

बैठकमा एक अर्काले उनीहरुले अबलम्बन गर्दै आएको नीतिको आलोचनाबाट वार्ताको प्रारम्भ गरेका हुन् । यसप्रकारको उच्चस्तरिय वार्तामा शुरुवातमै यस्तो कटुतापुर्ण अबस्थाको भने अपेक्षा गरिएको हुँदैन । बैठक दुईदिनसम्म चल्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);