पहिलो उच्च स्तरीय बैठकमा चीन र अमेरिका बीच चर्काचर्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

पहिलो उच्च स्तरीय बैठकमा चीन र अमेरिका बीच चर्काचर्की

china-usa

एजेन्सी, ६ चैत। सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशहरूको उच्च स्तरीय बैठकमा चीन र अमेरिका बीच चर्काचर्की भएको छ।

राष्ट्रपति जो बाइडनको सत्ता प्रवेश पछि अलास्कामा चीन र अमेरिका बीच भईरहेको पहिलो उच्च स्तरीय वार्तामा दुई देशका प्रतिनिधिहरु बीच चर्काचर्की भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।

सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशहरूको उच्च स्तरीय बैठकबीच यस्तो भनाभन बिरलै देख्न पाईन्छ। बैठकमा चिनियाँ अधिकारीहरुले अमेरिका माथी गम्भिर आरोप लगाएका छन्।

चिनियाँ अधिकारीहरुले “अन्य देशहरुलाई चीनमा आक्रमण गर्न उक्साएको” आरोप अमेरिकामाथी लगाएको छ। तर अमेरिकाले यस कुरालाई नकार्दै चीन नकारात्मक तर्कमा पुगेको बताएको छ।

अहिले चीन र सयुंक्त राज्य अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण स्थितिबाट गईरहेको र विगत केहि बर्षदेखि नै यी दुई देशहरु बिच कुनै सुधार नआएको बताईएको छ।

Leave a Reply