युरोपेली मुलुकमा आष्ट्राजेनेको खोपमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

युरोपेली मुलुकमा आष्ट्राजेनेको खोपमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी

एजेन्सी, ६ चैत । युरोपेली युनियनको औषधि नियामक संस्था ईएमएले कोरोना भाइरसविरुद्धको खोप आस्ट्राजेनेका सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकालेसँगै युरोपेली मुलुकहरुले पुन खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

यसअघि इटाली, जर्मनी, फ्रान्स, स्पेन लगायतका केही युरोपेली मुलुकहरुले आस्ट्राजेनेका खोपबाट रगत जम्ने समस्या भएको भन्दै खोपमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।

खोपमाथि प्रतिबन्ध लगाइएपछि ईएमएले अनुसन्धान थालेको थियो। उक्त अनुसन्धानबाट खोपले कुनै हानी नगर्ने, खोप सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकालिएको हो ।

आस्ट्राजेनेका खोपबाट रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहने ईएमएले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

खोपले कोरोनाका कारण अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउने जोखिममा पुगेका मानिसहरुलाई जोगाउन सघाउने ईएमएले जनाएको छ ।

ईएमएको निष्कर्षसँगै इटाली, फ्रान्स, स्पेन, जर्मनी, पोर्चुगल, बल्गेरिया लगायतका मुलुकहरुले आस्ट्राजेनेका खोप लगाउन अनुमति दिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);