प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे तीन बजे नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे तीन बजे नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने

nepal-china

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् । बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 

बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);