आगामी मंगलबार परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आगामी मंगलबार परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी मंगलबार चीनको भ्रमण जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उनको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. खड्काले २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलेसीको ताइवान भ्रमणले चीन(अमेरिका तनाव बढिरहेको बेला चीनले ताइवान मुद्दामा नेपालको समर्थन खोजेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);