प्रचण्ड प्रधानमन्त्री हुँदा चीनको बढ्दो सक्रियता | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री हुँदा चीनको बढ्दो सक्रियता

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीनसँग विशेष सम्बन्ध छ । सी चिनफिङ राष्ट्रपनि बनेपछि प्रचण्ड त्यस्ता विदेशी उच्च तहको नेता हुन् जसले पहिलोपटक भेटेका थिए । यसले पनि सम्बन्धको गहिराई थाहा हुन्छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि चीनको सक्रियता बढिरहेको छ । नेपालले चीनसँगको विभिन्न क्षेत्रमा संवाद बढाउँदै लगेको छ ।

आउँदो शुक्रवार नेपाल र चीनबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्ने भएको छ । बेइजिङ्गमा हुने बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र चीनको नेतृत्व त्यहाँका उपविदेशमन्त्री वेइडोंगले गर्ने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको यो बैठक १५औं हो र यसमा यसअघिका निर्णय तथा समझदारी कार्यान्वयनको समिक्षा र दुई देशबीचको मुद्दामा छलफल हुने जनाइएको छ ।

नेपालको वाणिज्य सचिव चीनको तिब्बत पुगेर मधुकुमार मरासिनीले रसुवागढी केरुङ नाका पुनः खोल्ने सम्झौता १६ चैत्रमा गरे । जस अनुसार १८ चैत्रमा नाका तीन महिनापछि दुईतर्फी रुपमा पुनः खोलिएको छ ।

फागुनको अन्ततिर चाइना काउन्सिल फर द प्रोमोशन अफ इन्टरनेशनल ट्रेडको उपाध्यक्षको नेतृत्वको टोली नेपाल भ्रमण गरी फर्कियो । चीनको विदेश लगानी र व्यापारसम्बन्धि उक्त प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ बैंकको शाखा खोल्नेबारे अध्ययन गर्ने खुलाएको थियो ।

माघ महिनामा चिनियाँ प्राविधिकको ६ सदस्यीय टोली रेल्वेको सम्भाव्यता अध्ययन गर्न आए । चाइना रेल्वे फष्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुपले नेपालको उत्तरतर्फबाट रेल्वेको प्राविधिक चुनौतीबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

चीनले पछिल्लो समय नेपाल मामलामा चासो बढाउँदै लगेको छ । उसले थप सीमा नाकहरु दुईतर्फी खोल्ने प्रक्रिया बढाइसकेको छ । चीन र नेपालबीच संवाद र भ्रमणहरु बढ्नुलाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);