परामर्श लिन प्रचण्डले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

परामर्श लिन प्रचण्डले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्श लिने भएका छन् । भारत भ्रमणबारे परामर्श लिन सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रचण्डले पूर्वप्रधानमन्त्री, दल नेता र पुर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् ।

उनीहरुसँगको छलफल लगत्तै साढे ३ बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । कुटनैतिक परामर्शका लागि पुर्व परराष्ट्र सचिव, भारतका लागि पुर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइको जनाइएको छ ।

प्रचण्ड आगामी जेठ १७ देखि २० सम्म पहिलो पटक भारत भ्रमण गर्ने भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);