प्रदेशसभा सदस्यहरुलाई अबरोध गर्न खोज्ने २३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रदेशसभा सदस्यहरुलाई अबरोध गर्न खोज्ने २३ जना पक्राउ

काठमाडौं, १४ जेठ । कोशी प्रदेशसभाको बैठक अबरुद्ध पार्न खोज्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभाको बैठकमा सहभागी हुन जान लागेका प्रदेशसभा सदस्यहरुलाई अवरोध गर्न खोज्ने प्रदर्शनकारीहरु विराटनगरका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरु पक्राउ परेको स्रोतले जनाएको छ ।

गत पुस १७ गते प्रदेशको नामाकरण पछि स्थगित भएको आज कोशी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने बताएका छन् । सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ । File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);