शंकास्पद अनिमियता संसदको रेकर्डबाट हटेपनि जनता र सञ्चारजगतबाट हट्दैन : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शंकास्पद अनिमियता संसदको रेकर्डबाट हटेपनि जनता र सञ्चारजगतबाट हट्दैन : शेखर कोइराला

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदमा शंकास्पद अनिमियता सम्बन्धी विषय संसदको रेकर्डबाट हटाएकोमा आपत्ति जनाएका छन् । ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?’–उनले लेखेका छन् ।

हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? भन्दै प्रश्न गरेका छन् । संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हटेपनि आम जनता, नागरिक समाज तथा संचार जगत पनि रहेको स्मरण गराएका छन् ।

उनले लेखेका छन्,

कस्तो विडम्बना !
संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।
सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?
हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?
संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);