पुरस्कारमा असन्तुष्टि जनाउँदै पत्रकारले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुरस्कारमा असन्तुष्टि जनाउँदै पत्रकारले दिए राजीनामा

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पुरस्कार बाडे । प्रेस सेन्टर नेपालले साँखुको एक रिसोर्टमा आयोजना गरेको कार्यक्रममा दाहालले पुरस्कार वितरण गरेका हुन् । उनले प्रदान गरेको पुरस्कारमा असन्तृष्टि जनाउँदै प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीका अध्यक्षसहित ८ जना पदाधिकारीले राजीनामा दिएका छन् ।

उनीहरुले राजीनामा मात्र दिएनन् सेन्टरको साधारण सदस्यसमेत नरहने गरी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपालले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);