कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा

काठमाडौं, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पु¥याउन नसकिएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गर्नुभयो । उहाँले कानूनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरेपनि कानूनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरु बलात्कारको मुद्दामा परिरहेको बताउनु भयो । उहाँले कानून लक्षित समुदायमा समयमा नै पु¥याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखि बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको बताउनु भयो । उहाँले पैतृक सम्पतीको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पु¥याउन नसकिएको बताउनु भयो । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पु¥याउनै सकेका छैनौँ । संविधानमा, कानूनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानूनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरुसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानूनले चिन्छ । तर भटाभट युवाहरु बलात्कारको मुद्दामा परिरहेका छन् । जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् ? अन्जानमा गल्ती गर्ने कति होलान् ? ठूलो संख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ , पैतृक सम्पतीको समानताको कुरा गरेका छौँ, कयौँ ठाउँमा त्यो कुरा थाहा नै छैन । कतिपय कुरा थाहा भएपनि हाम्रो उस्तो जबज्स्त पितृसत्तात्मक समाज छ की माईती वा सम्पती रोज भन्ने स्थितिमा पु¥याइएको छ । उनीहरुलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ ? गणतन्त्र दिवस मनाउनु र राजाको जन्मोत्सव दिवस मनाउनु एकै हो ? होइन । गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ ।’

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);