बजेटसम्बन्धी बागमति प्रदेशको बैठक सारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बजेटसम्बन्धी बागमति प्रदेशको बैठक सारियो

काठमाडौँ। बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजे बस्ने भएको हो । सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ जनाएको भन्दै प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको प्रदेशभाको सचिवालयले जानकारी दिएको हो ।

सत्तारुढ दल नेकपा एमाले वाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित जानकारी दिएका छन् । निरौलाका अनुसार केहि विवादहरु समाधन गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सार्नु परेको जानकारी दिएका छन् । शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गर्दे आएका कारण बैठक अन्यांैल बन्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);