उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘कन्फर्म’, महासचिवमा बर्षमान पुन र जनार्दन शर्माको दावेदारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘कन्फर्म’, महासचिवमा बर्षमान पुन र जनार्दन शर्माको दावेदारी

काठमाडौं । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ कन्फर्म भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकस पुर्ण भएको छ । मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको बिषय सकसपुर्ण भएको हो । जसकाकारण गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

मंगलवार र बुधवार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य बिषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन । ‘आज पनि पदाधिकारी टुंगो लगाउने बिषयमा केन्द्रीय समिति बैठक अघि आन्तरिक गृहकार्य गर्दछौं, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पुर्व कोषाध्यक्ष हरिबोल गजुरेलले न्युज कारखानासँग भने ।

खुमलटारस्थित प्रचण्ड निवासमा पुर्व पदाधिकारी र पुर्व स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ । सो बैठकमा दुवै नेता बिच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिएको छ ।

उपाध्यक्षमा श्रेष्ठ ‘कन्फर्म’ भए झै गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सुचीमा रहेका छन भने मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफनो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ ।

उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरुले बताएका छन भने कोषाध्यक्षमा गजुरेलले दोहरिन सक्ने छन ।

माओवादी बिद्यान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि  आवाश्यक्ता अनुसार थप गर्न सक्ने अधिकार केन्द्रिय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यद्धपी, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रिय समितिको तेस्रो केन्द्रिय समितिको पुर्ण बैठकवाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन । महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ । बैठक अपरान्ह १ बजे बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);