कृषि विकास कार्यालय जाजरकोटका प्रमुख धिताल जो सिडिओले बोलाएको बैठकमा जाँदैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख धिताल जो सिडिओले बोलाएको बैठकमा जाँदैनन्

सुर्खेत।जिल्लाभरिको समीक्षा तथा कामकारबाहीको विषयमा छलफल हुने सरकारी कार्यालय प्रमुखको बैठकमा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहभागी नहुने गरेको पाइएको छ। उनी जाजरकोट सरुवा भएर आएको झन्डै वर्ष दिन पुग्न लागे पनि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हुने बैठकमा सहभागी हुने गरेका छैनन् ।

स्थानीय तहको चुनावको समयमा कृषि विकास कार्यालयको गाडी राम्रो हुँदाहुँदै बिग्रिएको छ भने उनले गलत जानकारी दिएरका थिए । पछि खोजबिन हुँदा सो गाडी उनले चुनावमा प्रयोग गर्न दिएको पाइएके थियो ।पटक पटक विवादमा आउने धिताल अहिलेसम्म जिल्ला प्रशासन कार्यालयको बैठकमा नगएको स्रोतले बताएको छ । कार्यालयमा आफ्नै मातहतका कर्मचारीसँग रुखो बोली बोल्ने गरेको एक कर्मचारीले बताए । कृषि विकास कार्यालयबाट सधैं गुनासो बढी आउने गरेको उनको भनाइ छ । आफ्ना कर्मचारीलाई समेत कार्यालयको काममा जाँदा निजी सवारीसाधन प्रयोग गर्न बाध्य पार्ने, तर आफू जहाँ गए पनि सरकारी गाडीमै जाने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकमा किन जानु हुन्न भन्ने प्रश्नमा उनले भने, ‘सबैलाई सोध्नुपर्ने, माननीयलाई फोन गर्नुपर्ने कारण के छ र ? को हुन् तिनीहरु ? अर्काको कुरा सुनेर प्रश्न गर्ने तपाई को हो ?’सेवा लिन आएका सर्वसाधारणसँग समेत उनले हेपेर बोल्ने गरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समेत गुनासो धेरै आएको र कुनै समन्वय नगर्ने मध्य कृषि कार्यालय एक रहेको बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);