श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गर्दै प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गर्दै प्रचण्ड

काठमाडौं, २५ भदौ । विदेश भ्रमणअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखहरुसँग छलफल गर्ने भएका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले राजदूत र कुटनीतिक नियोग प्रमुखहरूलाई काठमाडौं बोलाएर छलफल गर्न लागेका हुन् ।
उनीहरूसँग प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा आज बिहान ९ बजे छलफल गर्दैछन् ।

श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका विषयमा बैठकमा छलफल हुनेछ । वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय छलफलले निकाल्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);