प्रधानमन्त्री प्रचण्डका भारत भ्रमण वैशाखमै हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डका भारत भ्रमण वैशाखमै हुने

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाखको चौंथो हप्ता हुने भएको छ । यसका लागि परराष्ट्र मन्त्रालयले तयारी बढाइसकेको छ ।

आज आइतवार परराष्ट्रमन्त्री नियुक्त भएका एनपी साउदले पदभार ग्रहण गरेपछि प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई अगाडि बढाउने बताए । यसबाट पनि भ्रमणको तयारी तिव्र रहेको खुलेको छ ।

भारत भ्रमणमा नेपालले जलविद्युत, ऊर्जा व्यापार, थप हवाई रुट, सीमा समस्या समाधानलगायतका विषयमा कुरा उठाउने तयारी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धनका दलसँग यस विषयमा परामर्श थालिसकेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई दृष्टिगत गरेरै परराष्ट्रमन्त्री नियुक्तिमा अझै ढिलाई नगर्न भनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार साउदको नाम दिएका थिए । लगत्तै उनको आज नियुक्ति भयो ।

प्रचण्डलाई चीनबाट पनि भ्रमणको निम्तो आएको थियो । तेस्रोपटक प्रधानमन्त्री भएका उनले यसपटक पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने नीति लिएको देखिन्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा उनले चीनलाई पहिलो विदेश भ्रमणको गन्तव्य बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);