मोदीले प्रचण्डलाई पठाएको पत्रमा के छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मोदीले प्रचण्डलाई पठाएको पत्रमा के छ ?

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र पठाएका छन् । भारतका राजदूत नविन श्रीवास्तवमार्फत् पत्र सिधै प्रचण्ड कहाँ पुगेको हो ।

मोदीले प्रचण्डलाई पठाएको पत्रमा भारत भ्रमणको निम्तो छ । प्रचण्डले पनि भ्रमणको निम्तोलाई स्वीकार गरेर जवाफ पठाइसकेको बुझिएको छ । अब प्रचण्डको भारत भ्रमण कर्नाटक चुनावलगत्तै हुने भएको छ । भ्रमणको निमन्त्रणा पत्र पुगेको हो प्रचण्डलाई ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मे १० मा कर्नाटक राज्यको चुनाव सकिएलगत्तै भारत भ्रमण सुरु हुनेछ ।

भ्रमणको तयारी नेपालले अगाडि बढाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेलगत्तै भारत भ्रमणको तयारी बढाउने बताएका थिए । उनले प्रधानमन्त्रीबाट त्यसै अनुसारको निर्देशन समेत पाएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार मे ११ देखि १८ का बीचमा तीन देखि चार दिन प्रचण्डको भारत भ्रमण हुनेछ । भ्रमणमा नेपालले ऊर्जा व्यापार, सीमा समस्या, जलविद्युत आयोजना, नयाँ हवाई रुट लगायतमा छलफल गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);