६ घण्टाका लागि बन्द हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

६ घण्टाका लागि बन्द हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

airport4

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोली (बिहीबार) बिहान १ देखि ७ बजेसम्म ६ घण्टा अवरुद्ध हुने भएको छ ।

विद्युत आपूर्ति प्रणालीलाई थप सुधार गर्ने काम भइरहेकाले उक्त समयमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध हुने भएको हो ।

विमानस्थलले जारी गरेको सूचनामा विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा (अनलाइन यूपीएस) जडानको काम भइरहेकाले सेवा अवरुद्ध हुने उल्लेख गरिएको छ ।

उक्त समयमा यात्रा गर्न टिकेट निर्धारण भएका यात्रुलाई सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन विमानस्थलले अग्रह गरेको छ ।

Leave a Reply