डब्ल्यूएचओको चेतावनी : कोरोनाभाइरसको अवस्था झन् खराब हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डब्ल्यूएचओको चेतावनी : कोरोनाभाइरसको अवस्था झन् खराब हुनसक्ने

WHO warns

एजेन्सी, ३० असार । सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी खराबमाथि खराब हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डां टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरससँग जुझ्ने विषयमा थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको बताउनु भएको छ ।

यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो नदेखाएको डब्ल्यूएचओले बताएको छ ।

धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै गेहब्रेयससले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिन’ भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);