पुटिनको चेतावनी - थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पुटिनको चेतावनी – थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

एजेन्सी । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । 

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 

उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);