युरोपियन युनियन र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युरोपियन युनियन र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत

१८ जेठ, काठमाडौं । युरोपियन युनियन (इयु) र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत भएका छन् भने अमेरिका यसको विपक्षमा उभिएको छ ।

युरोपियन युनियन र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत

१८ जेठ, काठमाडौं । युरोपियन युनियन (इयु) र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत भएका छन् भने अमेरिका यसको विपक्षमा उभिएको छ ।

इयु र चीनका नेता सम्झौता कार्यान्वयका लागि राजनीतिक प्रतिबद्धता जनाउन तयार रहेको बिबिसीले उल्लेख गरेको छ । विश्वका विकसित देशको समूह जी–सेभेनको सम्मेलनमा अमेरिकाको असहमतिका कारण सम्झौता कार्यान्वयन सम्बन्धी संयुक्त प्रतिबद्धता जारी हुन सकेको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन अफवाह मात्रै भएको भन्दै पेरिस सम्झौता कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । तर इयु र चीनका नेताले भने ट्रम्पको भनाई अस्वीकार गर्दै पेरिस जलवायु सम्झौता अहिलेको सबैभन्दा महत्वपूर्ण विषय रहेको बताएका हुन् ।

संयुक्त राष्ट्रसंघले भने जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि एकमत हुन आग्रह गर्दै आएको छ । सम्झौता अनुसार विकसित देशले कार्बन उत्सर्जन कम गर्नुपर्ने छ । यस्तै धनी देशले गरिब देशलाई कार्बन व्यापारमार्फत आर्थिक सहयोग गर्नुपर्ने छ । विश्वमा धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्रमा अमेरिका र चीन अघि छन् । चीन एक्लैले २४ तथा अमेरिकाले १२ प्रतिशत कार्बन उत्सर्जन गर्ने गरेको छ ।

यस्तै युरोपयिन युनियनमा रहेका देशले ९ प्रतिशत, भारत र ब्राजिलले समान ६ प्रतिशत तथा रुसले ५, जापानले ३, क्यानडाले दुई तथा कंगो र इन्डोनेशियाले समान १ दशमलव ५ प्रतिशत कार्बन उत्सर्जन गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);