पाकिस्तानमा १५ औँ आम निर्वाचनको तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पाकिस्तानमा १५ औँ आम निर्वाचनको तयारी तीब्र

pakistan-election

एजेन्सी, १७ असार । पाकिस्तानमा २५ जुलाइमा आमनिर्वाचन हुुँदैछ । चुनावप्रचार प्रसारले तीब्रता पाएको छ । सन् २०१३ मा सम्पन्न चुनावभन्दा चार गुणा बढी चुुुनावी खर्च भइरहेको छ । त्यहाँको निर्वाचन आयोगले मात्रै चुुनावी प्रक्रियामा १७ सय करोड खर्च गर्न लागेको छ ।

बेलायती उपनिबेशबाट ७१ बर्ष अघि स्वतन्त्र भएको पाकिस्तानमा १५ औँ आम निर्वाचनको तयारी तीब्र रुपमा अघि बढेको छ । ७१ बर्षको अवधिमा ३५ बर्ष सैन्य शाशन र तानाशाही भोगेका पाकिस्तानी जनता बाँकी अबधिमा १३ पटक सरकार बनाउन सफल भए जसमा १८ जना ब्यक्तिहरु २२ पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे ।

बेलाबखत राजनीतिक अस्थिरता झेल्दै आएका पाकिस्तानमा यसपाली चुुनावी खर्च चारगुुणाले बढ्दै गएको देखिन्छ । चुुनाव आयोगले पनि चुुनावी प्रक्रियामाथि १७ सय करोड रुपैयाँ खर्च गर्न लागेको छ । चुुनाव आयोगले पहिलोपटक पोलिङबुुथभित्र सेना तैनाथ गर्ने तयारी गरेको छ । चुुनाव आयोगले रक्षामन्त्रालयलाइ पत्र पठाएर २३ जुलाइदेखी २६ जुुलाइसम्म सेना चुुनावका निम्ति तैनाथ गर्न आग्रह गरेको छ ।

यसअघि चुुनावका बेला अतिसम्बेदनशील पोलिङबुुथ बाहिरमात्रै तैनाथ गरिन्थ्यो भने यसपाली सुुरक्षा संबेदनशीलता बढाइएको छ । पाकिस्तानमा ४५ सय भवनमा ८५ हजारभन्दा बढी पोलिङबुुथ बनाइने बताइएको छ । यी बुुथहरुमा भित्र बाहिर सेनालाइ तैनाथ गर्न साढे तीनलाख भन्दा बढी सैनिक आवश्यक पर्छ ।

यसका अतिरिक्त मतपत्र छाप्ने सरकारी प्रेसमा पनि सुुरक्षाको खाँचो औल्याउँदै सेनाको तैनाथी बढाइने भएको छ । सेना, प्रहरी र रेञ्जरलाइ प्रयोगका निम्ति छुुट्टै आचारसंतिा बनाउन लागिएको छ । चुुनावलाइ ब्यवस्थित बनाउन यसपाली बढीभन्दा बढी कर्मचारी र अधिकारीहरु खटाउने तयारी भइरहेको छ ।

संसदमा कुुल ३ सय ४२ सीट रहेको छ जसमा सरकार बनाउनका लागि १ सय ७२ सीट आबश्यक हुुनेछ । तर, चुुनावी माहोलले गर्दा कसैले पनि पूूर्ण बहुुमत ल्याउन सक्ने अवस्था नरहेको बिश्लेषकहरुको ठम्याइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);