कपिलवस्तु अदालतमा ४४.८ प्रतिशत मात्र मुद्दा फर्स्योट | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

कपिलवस्तु अदालतमा ४४.८ प्रतिशत मात्र मुद्दा फर्स्योट

कपिलवस्तु, २४ साउन । कपिलवस्तु जिल्ला अदालतमा आर्थिक वर्ष २०७६-०७७ मा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्स्योट भएको छ । आर्थिक वर्ष २०७६-०७७ मा देवानी र फौजदारी गरी कुल २ हजार ४ सय ९५ मुद्दा परेको थियो ।

त्यस मध्ये १ हजार १ सय १७ मुद्दा फर्स्योट भएको र १ हजार ३ सय ७८ मुद्दा फर्स्योट हुन बाँकी छन् । अदालतका अनुसार देवानीतर्फ १ हजार ७७५ र फौजदारी तर्फ ७ सय २० लागत थियो ।

गत वर्ष बन्दी प्रत्यक्षीकरणका ३ र निषेधाज्ञाका २४ रिट परेका थिए । ७० प्रतिशत बढी मुद्दा फर्स्योट गर्ने लक्ष्य रहे पनि कारोना भाईरसका कारण ४ महिना सम्मको बन्दाबन्दीले अदालतको काम काज समेत प्रभावित भएको जिल्ला अदालत कपिलवस्तुले जनाएको छ ।

मुद्दा र रिट गरी गत वर्षको १ हजार ३ सय ९६ लागत यस वर्ष जिम्मेवारी सरेर आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);