रुपन्देहीमा कार दुर्घटनाः तीन जनाको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुपन्देहीमा कार दुर्घटनाः तीन जनाको मृत्यु, एक घाइते

रुपन्देही, २४ साउन । रुपन्देहीको रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा रुपन्देही ओमसतिया गाउँपालिका-४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन् भने अन्य दुई जनाको परिचय खुल्न सकेको छैन ।

घाइते रुपन्देही सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादव रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);