अख्तियारद्वारा १ वर्षमा ११ अर्ब ५२ करोड विगो दाबीसहित भ्रष्टाचारका १ सय ५४ वटा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, २९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा ११ अर्ब ५२ करोड ११ लाख रुपैयाँ विगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

 

आयोगले गत आर्थिक वर्ष विशेष अदालतमा १ सय ५४ वटा मुद्दा दायर गरी ११ अर्ब ५२ करोड ११ लाख रुपैयाँ विगो दाबी गरेको हो । आयोगले गत वर्ष परेका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका गरी १९ हजार ५ सय ८० उजुरीमध्ये ३ सय ६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरेर १ सय ५४ वटा मुद्दा दायर गरेको हो ।

 

आयोगले घुस सम्बन्धी ५४, झुठा शैक्षिक प्रमाणपत्र सम्बन्धी ४०, सार्वजनिक सम्पतिको हिनामिना सम्बन्धी १८, गैरकानूनी सम्पति आर्जन सम्बन्धी ११ र राजश्व चुहावट सम्बन्धी ४ वटा मुद्दा दायर गरिएको जनाएको छ । आयोगले ७ हजार ६५ वटा उजुरी तामेलीमा राखेको छ । आयोगमा गत आर्थिक वर्ष ११ हजार ७ सय उजुरी परेका थिए । ती उजुरीमध्ये सबैभन्दा बढी अर्थात २० दशमलव तीन शुन्य प्रतिशत उजुरी शिक्षा क्षेत्रससँग तथा १५ दशमलव पाँच चार प्रतिशत स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

 

अख्तियारलाई ७३ प्रतिशत मुद्दामा मात्र सफलता मिलेको छ । गत आर्थिक वर्ष आयोगको माग दाबी बमोजिम ७३ दशमलव एक तीन प्रतिशत मुद्दामा पूर्ण वा आंशिक रुपमा फैसला भएको थियो । अख्तियारले दायर गरेका मुद्दामध्ये गत आर्थिक वर्ष १ सय ६० वटा मुद्दाको फैसला भएको थियो । अख्तियारले गत आर्थिक वर्ष आफूले काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा ११ रोपनी र तराई क्षेत्रमा ७९ विघा व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गराएको बताएको छ ।

 

आयोगले सार्वजनिक सम्पति धारण गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेहरुबाट एक वर्षमा ८ करोड ५५ लाख ८४ हजार रुपैयाँ असुलउपर गराएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न राज्यका सबै निकायले जिम्मेवारी र जवाफदेही साथ काम गर्न आवश्यक रहेको अख्तियारले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);