सर्वोच्चले आइजीपी विवादसम्बन्धी आफ्नै निर्णय उल्ट्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजीपी विवादसम्बन्धी गत वर्ष चैतमा गरेको आफ्नै फैसला उल्ट्याएको छ ।

 

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले गत वर्ष चैत आठ गते तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासको फैसलालाई गलत ठहर गरेको हो । ओम प्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीसहितको सात जना न्यायाधीशको इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा कार्की नेतृत्वको पाँच न्यायाधीशको इजलासले २०७३ चैत ८ गते गरेको आदेशबारे न्यायिक टिप्पणीसमेत गरेको छ ।

 

सर्वोच्चले प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा तत्कालिन डिआइजी नवराज सिलवालसँग सम्बन्धित मुद्दामा कार्की नेतृत्वको इजलासले गरेको आदेश ‘गलत तथ्यमा आधारित भएको’ भनेको छ । न्यायिक टिप्पणीमा नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको औसत अङ्क सबैभन्दा बढी रहेको गलत तथ्यलाई आधार मानिएको उल्लेख गरिएको छ । कार्यसम्पादन मूल्यांकनमा ‘सिलवालको नभई प्रकाश अर्यालको अङ्क सबैभन्दा बढी रहेको तथ्य स्थापित भएको भन्दैे गलत तथ्यका आधारमा भएको फैसलाले ‘फैसलाको अन्तिमताको सिद्धान्त’ कायम हुन नसक्ने उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);