सर्वोच्चले माग्यो संसद विघट्न गर्नुको लिखित कारण , असार ९ गते देखि निरन्तर सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सर्वोच्चले माग्यो संसद विघट्न गर्नुको लिखित कारण , असार ९ गते देखि निरन्तर सुनुवाइ

काठमाडौं। सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धमा लिखित जवाफ मागेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी लिखित जवाफ पेश गर्न भनेको हो ।

विपक्षीले लिखित जवाफ पेश गरेपछि असार ९ गते देखि यो मुद्धामा निरन्तर बहस पैरवी हुने भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो। यसअघि गएको पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई सर्वाेच्च अदालतले फागुन ११ गते पुनस्र्थाना गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);