समानुपातिकमा एमाले पहिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलाम, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।

दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ ।

नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा एमालेले १५ हजार ३५२, नेपाली काँग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा एमालेले १४ हजार २४०, नेपाली काँग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ (क) मा एमालेले १६ हजार २०२, नेपाली काँग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ (ख) मा एमालेले ११ हजार ८७१, काँग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो ।

प्रदेशसभा–२ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);