संघीय फोरम र राजपाबीच एकताबारे छलफल भएको छैनः नेता यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २८ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिले चर्चामा आएजस्तो राजपा र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरणको विषयमा कुनै छलफल नभएको बताएका छन्।

राजविराज नगरपालिका १६ स्थित वोरियामा बिहीबार मतदाता भेटघाटका क्रममा उनले एकताको कुरा हल्ला मात्र भएको बताए। ‘हाम्रो पार्टी फोरम र राजपाबीच एकीकरणबारेको चर्चा अहिले निकै चलेको छ’, उनले भने, ‘तर यसबारे अहिले कुनै छलफल नै भएको छैन।’

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले पार्टी एकिकरणका विषयमा हालसम्म कुनै दलसँग पनि कुनै प्रकारको छलफल नभएको स्पष्ट पारे।

उनले भने, ‘नेकपा एमालेसित फोरम एकीकरण हुने हल्ला पनि छ, त्यो बिल्कुलै निराधार हो ।’ वर्तमान सरकार कामचलाउ भइसकेकाले अब कुनै महत्वपूर्ण निर्णय गर्ने हैसियत पनि नरहेको भन्दै उनले प्रदेश प्रमुखको नियुक्ति पनि अब बन्ने नयाँ सरकारले मात्रै गर्न सक्ने बताए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);