सकियो लोकतान्त्रिक गठबन्धनको बैठक, निस्केन कुनै निस्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ९ कार्तिक । लोकतान्त्रिक गठबन्धनमा रहेका सत्तारुढ दल नेपाली कांग्रेस र मधेसवादी दलहरुबीच आसन्न निर्वाचनमा गरिने तालमेलका विषयमा छलफल भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक) का नेताहरु सहभागी थिए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा लोकतान्त्रिक गठबन्धन निर्माणका लागि गठन गरिएको ६ दलीय कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्लले छलफल सकारात्मक रुपले अघि बढेको बताए। “तालमेलका लागि कुरा अगाडि बढेको छ। भोलि फेरि छलफल गर्ने सहमति भएको छ,” उनले भने। बैठकमा आगामी निर्वाचनका लागि सिट बाँडफाँडका विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम आपसी तालमेलको गृहकार्यमा जुटेका कारण लोकतान्त्रिक गठबन्धन गठन प्रक्रियामा ढिलाइ भएको छ । राजपा र फोरमबीच तालमेलको सहमतिको गृहकार्यमा जुटेका कारण कांग्रेससँग तालमेलमा ढिलाइ भएको नेता शुक्लले बताए।

प्रदेश नम्बर २ मा समाजवादी फोरमले प्रतिनिधि सभातर्फ १७ र प्रदेश सभातर्फ २२ तथा राजपाले प्रतिनिधि सभातर्फ १५ र प्रदेश सभातर्फ ३१ सीट लिने दुई दलबीच अनौचारिक सहमति भइसकेको छ। दुई दलले कांग्रेस बलियो अवस्थामा रहेको क्षेत्रमा राजपा-फोरमले संयुक्त रुपमा सघाउने र राजपा–फोरम बलियो अवस्थामा रहेको क्षेत्रमा कांग्रेसले सघाउनु पर्ने प्रस्ताव अघि सारेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);