सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेशको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

पोखरा, ९ कार्तिक । राप्रपाका पूर्वसांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेशको तयारीमा रहेका छन्। बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेका हुन्।

राप्रपा पार्टीमा लामो समय सक्रिय रहेर सांसदसमेत बनेका केसी केही समय अघि पार्टी भित्रै असमझदारी आएको कारण निष्क्रिय भएर बसेका थिए।

पार्टी प्रवेशका लागि कांग्रेसका शीर्ष नेताहरुसँग कुरा अघि बढाइएको उनको भनाइ रहेको छ। प्रजातान्त्रिक विचारधारा बोकेको मान्छे भएको बताउँदै आफु कांगे्रसमा प्रवेस गर्ने र लगत्तै अब राजनीतिमा सक्रिय रहने बताएका छन्।

केसीले वाम गठबन्धनमा रहेका पार्टी एमाले र माओवादीले लाखौँ जनताको हत्या गरेर देशलाई निरंकुस तिर धकेलेको समेत बताएका छन् ।