उपचारको अभावमा बिरामीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

उपचारको अभावमा बिरामीको मृत्यु

birami ko mrityu

वीरगञ्ज, २४ साउन । वीरगञ्जमा एक बिरामीलाई कुनै नीजि अस्पतालले भर्ना लिन नमाने पछि उनको उपचार अभावमा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२ कि २० वर्षीय एक महिलालाई वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, ब्योधा अस्पताल लगायत नेशनल मेडिकल कलेजले भर्ना लिन नमाने पछि उपचारको अभावमा उनको ज्यान गएको हो ।

अन्तिम समयमा नारायणी अस्पताल लगिएकोमा वीरगञ्ज हेल्थ केयरमा रेफेर गरिएको तर सो अस्पताल पनि कोभिडको विरामी मात्र लिने भनेर फर्काएकोले उपचार अभावमा उनको ज्यान गएको बिरामीका आफन्तले जनाएको छ । त्यस पछि विरामिका आफन्तले जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदको सहयोगमा डा. उदय सिंहसँग सम्पर्क गरि बिरामीलाई गण्डक अस्पतालमा पु¥याईएको थियो । तर अन्तिम अवस्थामा गण्डक अस्पतालले राती मृत्य घोषणा गरेको थियो ।

२ दिन अघि पनि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना लिन नमाने पछि एक बिरामीको मृत्यु भएको थियो । मृत्यु पछि प्रशासनले अस्पताललाइ कारवाही गर्ने बताए पनि अहिले सम्म केही पहल थालिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);