उपचारका लागि अस्पताल चहार्दा चहार्दै बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उपचारका लागि अस्पताल चहार्दा चहार्दै बालकको मृत्यु

झापा, २८ साउन । बेलाबेला बिवादमा आइरहने झापाका निजी अस्पतालमा उपचारका लागि चहार्दा चहार्दै एक बालकको ज्यान गएको छ । बिर्तामोडमा संचालित कन्काई र बिएण्डसि अस्पतालले उपचार गर्न नमान्दा बिरामीको ज्यान गएको हो । झापामा संचालित निजी बिएण्डसी अस्पतालले समयमै उपचार नगर्दा झापाका एक बालकको ज्यान गएको छ ।

ज्वरो आएर सोमबार राती १ बजे बिएण्डसि अस्पताल लगिएका झापा मेचीनगर नगरपालिका वडा नम्बर ५ का ११ वर्षिय बालक सागर तामाङलाई अस्पतालले भर्ना लिन नमानेपछी घर फर्काउने क्रममा बाटैमा उनको ज्यान गएको हो । सामान्य ज्वरो आएका तामाङलाई मामा डिक बहादुर तामाङले शुरुमा उपचारका लागि बिर्तामोडकै कन्काई अस्पताल पुर्‍याएका थिए । तर, कन्काइ अस्पतालले उपचार संभव नभएको भन्दै छैवैमा रहेको बिएण्डसि अस्पताल लान भन्दै रेफर गरेको थियो ।

लगत्तै बिएण्डसिको इमरजेन्सीमा राखेर उनको छातीको एक्सरे गरिएको थियो । एक्सरेको रिपोर्ट आएपछी अस्पतालले कोरोनाको पिसिआर रिपोर्ट ल्याउनुपर्ने नत्र उपचार गर्न संभव नभएको भन्दै वेडमै छटपटाइरहेका तामाङलाई लिएर अन्यत्रै जान दवाव दिएको मृतकका मामाले बताए । अस्पतालले एडमिसन गरेर उपचार गर्न नमान्दा भान्जाले ज्यान गुमाएको उनको दाबी छ ।

त्यस्तै दिउँसो सम्म सारसौदो रहेका बालकलाई राति एक्कासी ज्वरो आएपछी अस्पताल लगिएकोमा अस्पतालले उपचार गर्न नमान्दा बालकको ज्यान गएको मृतकका आफन्तको भनाई छ । बिएण्डसि अस्पतालले सोझा र निमुखा नागरिकलाई सधै यसरी हेप्ने गरेको भन्दै उनिहरुले आक्रोस पोखेका छन् । उपचारका लागि ल्याइएका बालकमा कोरोना संक्रमणको शंका भएकाले उपचार संभव नभएको अस्पताललका संचालक दुर्गा प्रसाईको भनाई छ ।

सरकारको कोरोना संक्रमण भए नभएको जाँच गर्ने प्रबिधि ढिलो हुँदा निजी अस्पतालले यो वा त्यो वहानामा बिरमीलाई उपचारै नगरी फर्काउने गर्दै आएका छन् । यसका कारण अन्य रोगका बिरामीले समेत उपचार अभावमा ज्यान गुमाउदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);