मृत्युसंस्कारमा गएका सबैलाई सेल्फ क्वारेन्टीनमा बस्न अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मृत्युसंस्कारमा गएका सबैलाई सेल्फ क्वारेन्टीनमा बस्न अनुरोध

corona virous

सिन्धुपाल्चोक, २८ साउन । सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्युसंस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा सेल्फ क्वारेन्टीनमा बस्न अनुरोध गरेको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृतकको अन्तिम संस्कारमा सहभागीहरुमा त्रास फैलिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुपाल्चोकले पनि आजै एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त संस्कारमा सहभागी सबैलाई अर्काे सूचना जारी नभएसम्म आ–आफ्नै घरमा सुरक्षितरुपमा क्वारेन्टिनमा बस्नका लागि अनुरोधसमेत गरेको छ । २२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको हो ।

काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका वृद्धको उनकै अन्तिम इच्छा बमोजिम छोराहरुले बाह्रबिसेमै स्थानीय घाटमा दाहसंस्कार गरेका थिए । त्यहाँ सयौं मलामी गएका थिए ।

घरमै मृत्युसंस्कारमा बसेका उनका छोरालाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङ लगायत जिल्लाका विशिष्ठ व्यक्ति बाह्रबिसे पुग्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);