रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालन

पाल्पा, २८ साउन । पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ । नयाँ प्रविधि संगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे सेवा मगँलबारबाट पुन सुचारु भएको हो । साथै परम्परागत प्रविधि मार्फत हुँदै आएको एक्सरे सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरिएको छ ।

अस्पतालले प्रदेश बाट आएको उपकरण खरिद तथा अस्पताल सुढृदिकरण तर्फको रकम मध्ये ३६ लाखको लागतमा उपकरण खरिद गरेको हो । हाल प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको ५० शैयाको अस्पतालमा सेवा सुचारु भए संगै पाल्पा, स्याङ्जा, तनहुँका र स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

अस्पतालमा हप्तामा ३ दिन भिडियो एक्सरे र चौविसै घण्टा डिजिटल एक्सरे सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);