कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे

kanti bal hospital

काठमाडौं, २१ भदौ । बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ ।

डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो । डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरेले चार घन्टामा एकजनालाई मात्रै सेवा दिने गरेको छ ।

तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घन्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ । ‘अस्पतालमा आकस्मिक बिरामीहरू सेवा लिन आउँछन् । दुर्गमबाट बालबच्चाहरू ल्याइन्छन् । तर, हामीसँग उपकरण नभएका कारण चाहेजस्तो गुणस्तरीय सेवा दिन असमर्थ भएका छौँ,’ निर्देशक राईले भने । अस्पतालसँग रहेको अर्को साधारण एक्सरे पनि वर्षौँ पुरानो भएकाले सेवा दिन नसकेको उनले बताए ।

एक्सरे सेवा लिन दैनिक तीन सय बिरामी

अस्पतालमा दैनिक ३ सयको संख्यामा बच्चाहरूको एक्सरे गर्नुपर्ने अवस्था छ । तर, डेढ वर्षदेखि एक्सरे सेवा नियमित सञ्चालनमा छैन । देशका दुर्गम क्षेत्रबाट आएका निम्न आय भएका अभिभावक आफ्ना बालबच्चालाई निजी स्वास्थ्य संस्थामा लगेर महँगोमा एक्सरे गराउन बाध्य छन् । बिरामीको चाप थेग्ने उपकरण नहुँदा काम गर्न चाहेर पनि नसकेको राईको गुनासो छ ।
मन्त्रालयले सहयोग गरेन
डा. गणेश राई
निर्देशक, कान्ति बाल अस्पताल
डिजिटल एक्सरे मर्मतसमेत गर्न नमिल्ने अवस्थामा छ । नयाँ खरिदका लागि पटक–पटक स्वास्थ्य मन्त्रालयसमक्ष आग्रह गरेका छौँ । तर, सहयोग मिलेको छैन । एउटा बिरामीले एक्सरेकै लागि चार घन्टा कुर्नुपर्ने अवस्था छ । हामीले सेवा दिन सकेका छैनौँ । डिजिटल एक्सरे मेसिन खरिदका लागि दुई करोड रुपैयाँ आवश्यक पर्छ ।

लिस्ट आओस्, सहयोग गर्छौँ
डा. कृष्णकुमार राई
स्वास्थ्यमन्त्रीका सल्लाहकार
स्वास्थ्य मन्त्रालयको बजेट कुल बजेटको १० प्रतिशत हुनुपर्ने हो । तर, जम्मा ४ दशमलव ५ प्रतिशत मात्रै छ । यही बजेट सबै स्वास्थ्य संस्थादेखि कार्यक्रमसम्म बाँडफाँड गर्नुपर्दा अभाव हुन्छ । कान्ति बाल अस्पतालमा लामो समयदेखि उपकरण अभावले सेवा अवरुद्ध भएको जानकारीमा आएको छ । यसले सरकारलाई गम्भीर बनाएको छ । तत्काल आफूलाई आवश्यक परेका उपकरणको सूचीसहितको बजेट थपको प्रस्ताव लिएर मन्त्रालयमा आउनुस्, हामी तत्काल प्रक्रिया अगाडि बढाउँछौँ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेशमा रहनुभएकाले उहाँ आएपछि उक्त प्रक्रिया अगाडि बढाउँछौँ ।

मेसिन चिसो बनाउनै दुई घन्टा
कान्ति बाल अस्पतालमा सेवा लिन आउने अधिकांश दुर्गम क्षेत्रका निम्न आयस्तर भएका जनताका छोराछोरी हुन्छन् । उपचार गर्न आउने अधिकांश बालबच्चाको एक्सरे गर्नैपर्ने हुन्छ । तर, एउटैको एक्सरेका लागि चार घन्टा लाग्ने भएपछि दैनिक आउने सयौँ बिरामीको बिचल्ली हुने गरेको छ ।

एकजनाको एक्सरे गरेपछि मेसिन अत्यधिक तातिने र सेलाउन कम्तीमा चार घन्टा लाग्ने समस्या रहेको निर्देशक राईले बताए । कहिलेकाहीँ दुई दिनसम्म पनि मेसिनले सेवा दिन नसकेको अनुभव उनले सुनाए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);